विदेशी मुद्राको विनिमय दर यस्ताे

नेपाल राष्ट्र बैंकले बुधबार लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर अधिकतम १२२ रुपैयाँ २८ पैसा र बिक्रीदर १२२ रुपैयाँ ८८ पैसा कायम गरेको छ ।

युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ५० पैसा र बिक्रीदर १३५ रुपैयाँ १६ पैसा छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १५९ रुपैयाँ ४० पैसा र बिक्रीदर १६० रुपैयाँ १९ पैसा छ ।  स्विस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ २९ पैसा र बिक्रीदर १३० रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ९१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३४ पैसा  छ । क्यानडियन डलर एकको खरिददर ९५ रुपैयाँ छ पैसा रहेको छ भने बिक्रीदर ९५ रुपैयाँ ५२ पैसा छ ।

जापानी येन १० को खरिददर नेपाली १० रुपैयाँ ३७ पैसा र बिक्रीदर १० रुपैयाँ ४२ पैसा छ भने चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १९ पैसा र बिक्रीदर १९ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिरदर ३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७५ पैसा छ भने कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ सात पैसा छ भने बिक्रीदर २९ रुपैयाँ २१ पैसा रहेको छ । यसैगरी कोरियन वन १०० को खरिददर नाै रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा कायम भएको छ ।





  • प्रकाशित मिति : चैत २, २०७८ बुधबार १२:२४:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया