नाबालिका बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

नाबालिकालाई बलात्कार गरेको आरोपमा बैतडी प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा डडेल्धुराको अमरगढी नगरपालिका ५ का २५ वर्षीय महेश तामाङ र २८ वर्षीय गोपाल गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले बताए । 

उनीहरुले चैत ४ गते बालिकामाथि बलात्कार गरेको र सोही दिन राति दुवैजनालाई पक्राउ गरेको खड्काले बताए । तामाङले बालिकालाई बलात्कार गरेको र गुरुङले बलात्कार कार्यमा सहयोग गरेको खुल्न आएको प्रहरीले जनाएको छ । 

दुवैजनामाथि मुद्दा दर्ता गरेर अदालतबाट म्याद थपेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आरोपित दुवैजना सडकमा काम गर्नका लागि बैतडी आएका थिए ।





  • प्रकाशित मिति : चैत ६, २०७८ आइतबार १८:४४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया