प्रेम विवादका कारण शंखमूलमा एक युवकमाथि खुकुरी प्रहार, पाँच जना पक्राउ
फाइल तस्बिर

काठमाडौं महानगरपालिका–३१ स्थित शंखमूलमामा एक युवकमाथि खुकुरी प्रहार भएको छ । प्रहरीका अनुसार ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने २५ वर्षीय सुरज खड्कामाथि ८–९ जनाको समूहले खुकुरी प्रहार गरेको हो । सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउसमेत गरेको  छ ।  

ज्यान मार्ने उद्योगमा पक्राउ पर्नेमा दोलखा नाम्दु गाउँपालिका-६ घर भई जडिबुटी बस्ने ३४ वर्षीय रोशन लामा, भक्तपुर मध्यपुर ठिमी नगरपालिका–९ बस्ने २३ वर्षीय पुकार केसी, सिन्धुपाल्चोक बतासे गाउँपालिका-९ भई भक्तपुर बस्ने २३ वर्षीय प्रविन लामा, मन्थली नगरपालिका–१३ बस्ने १९ वर्षीय राजेश बुढाथोकी र खाँडादेवी गाउँपालिका–३ घर भई जडिबुटी बस्ने सञ्जीव मोक्तान छन् ।

खुकुरी प्रहारबाट खड्का गम्भीर घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको महाशाखाले जनाएको छ । घटनामा प्रयोग भएका तीन वटा मोटरसाइकलसमेत बरामद भएका छन् । 

प्रारम्भिक अनुसन्धानमा यस घटनाको प्रमुख कारण आर्थिक लेनदेन र प्रेमसम्बन्धी विवाद रहेको प्रहरीले जनाएको छ । ‘उनीहरूबीच आर्थिक लेनदेन पनि भएको बुझिन्छ । गर्लफ्रेण्ड कसैले लगिदियो भन्ने खालको प्रेमसम्बन्धी विवाद पनि छ, विवाद त्यसरी सुरु भएर खुकुरी प्रहार भएको देखिन्छ,’ प्रहरी उपरीक्षक कोइरालाले भने । 

घटनामा संलग्नमध्ये फरार रहेकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : चैत १०, २०७८ बिहीबार १२:३८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया