विश्वकप छनोटमा चिलीमाथि ब्राजिलको शानदार जित

फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा घरेलु टोली ब्राजिल विजयी भएको छ । ब्राजिलले आज बिहान सम्पन्न खेलमा चिलीमाथि ४–० को शानदार जित हात पारेको हो ।

माराकान स्टेडियममा खेलको ४४ औं  मिनेटमा नेयमारको पेनाल्टी गोलमार्फत ब्राजिलले अग्रता लिएको थियो । पहिलो हाफको थप गरिएको समयमा भिनिसियस जुनियरले घरेलु टोलीको अग्रता दोब्बर बनाए ।

७२ औं मिनेटमा फिलिपे कौटिन्होले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई ३–० ले अघि बढाए । ९० औं  मिनेटमा रिचार्लीसनले गोल गर्दै घरेलु टोलीलाई ४–० को शानदार जित दिलाए ।

यो नतिजासँगै विश्वकपका स्थान पक्का गरिसकेको ब्राजिलले १६ खेलमा ४२ अंक जोड्दै शीर्ष स्थानमा रहँदा पराजित चिलीको १७ खेलबाट १९ अंक छ । सातौं स्थानमा रहेको चिलीको विश्वकपमा छनोट हुने सम्भावना कमजोर बनेको छ ।

छनोटका अन्य खेलमा कोलम्बियाले बोलिभियामाथि ४–०,उरूग्वेले पेरुमाथि १–० र पाराग्वेले इक्वेडरमाथि ३–१ को जित हात पारे ।





  • प्रकाशित मिति : चैत ११, २०७८ शुक्रबार ७:५०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया