माधव नेपालको आरोप : ओलीले बालुवाटारको बंकरमा बसेर गोप्य छलफल गर्थे

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले पदको व्यापक दुरुपयोग गरेको आरोप लगाएका छन् ।

उनले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बनाइएको बंकरभित्र बसेर ओलीले राष्ट्रपति र प्रधानसेनापतिसँग गोप्य वार्ता गरेको आरोप लगाएका हुन् । नेपालले बालुवाटारमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरसँग पनि भेटेर पनि ओलीले सेटिङमा संसद् विघटन गरेको पनि आरोप लगाए । 

‘बालुवाटारमा घर बनाए, त्यहाँ बंकर पनि बनाइएको छ । बंकर किन बनाएका होलान् ? किनभने तपाईंले सुन्नुभयो नेपाली सेनाका प्रधानसेनापतिसँग, राष्ट्रपतिसँग बसेर धेरैपटक गोप्य कुरा भयो । भनेपछि उनको दिमागमा बंगलादेश चलिरहेको थियो,’ आइतबार आफ्नो पार्टीनिकट पत्रकारसँगको कुराकानीमा उनले भने ।   





  • प्रकाशित मिति : चैत १३, २०७८ आइतबार ११:१०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया