पाँच वर्षमा सुर्खेतमा ३३ हजार मतदाता बढे

२०७४ मा सम्पन्न स्थानीय चुनाव समयमा सुर्खेतमा कुल दुई लाख चार हजार पाँच सय ७७ थियो । अहिले यो संख्यामा ३३ हजार आठ सय ८० जना थपिएका छन् । हाल भने यो संख्या सुर्खेतमा कुल दुई लाख ३८ हजार चार सय ५७ पुगेको छ ।

पालिका स्तरमा सुर्खेतमा सबैभन्दा धेरै मतदाता संख्या वीरेन्द्रनगर नगरपालिकामा रहेको छ । २०७४ का समयमा यहाँ ५८ हजार ६ सय ४४ मतदाता थिए । अहिले यो संख्या बढेर ६७ हजार ५६ पुगेको छ ।

निर्वाचन आयोगद्वारा जारी मतदाता विवरण अनुसार सुर्खेतको गुर्भाकोट नगरपालिकामा ३३ हजार आठ सय २९ मतदाता संख्या पुगेको छ । चिंगाड गाउँपालिकामा १० हजार सात सय २९, चौकुने गाउँपालिकामा १५ हजार सात सय ३५, पञ्चपुरी नगरपालिकामा २२ हजार पाँच सय २३ जना मतदाता रहेका छन् ।

यसैगरी, बराहताल गाउँपालिकामा १७ हजार दुई सय ९६, भेरीगंगा नगरपालिकामा ३१ हजार दुई सय ७४, लेकबेसी नगरपालिकामा २१ हजार नौ सय ८३ र सिम्ता गाउँपालिकामा १८ हजार ३२ मतदाता रहेको आयोगले जनाएको छ ।





  • प्रकाशित मिति : चैत १४, २०७८ साेमबार २१:५९:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया