logo-img

मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको मौका, दिलिप नाथको डेब्यु

त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा मलेसियाविरुद्ध नेपालले टस हारेर फिल्डिङको मौका पाएको छ । नेपाल–मलेसियाबीचको खेल साढे १२ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुँदैछ । 

नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले लोकेश बमको स्थानमा दिलिप नाथलाई मौका दिएको हो । दिलिपको यो डेब्यु खेल हो । 

सिरिजमा नेपाल लगातार दोस्रो जितको खोजीमा छ । घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पिएनजी) लाई हराएको थियो । पहिलो खेलमा देखिएको सुधारिएको ब्याटिङलाई निरन्तरता दिँदै नेपाल बलिङमा भने सुधार गर्न चाहन्छ । 

पहिलो खेलमा मलेसियाले समेत पिएनजीलाई पराजित गर्दै राम्रो सुरुवात गरेको थियो । तालिकामा दुवै टोलीको दुई अंक छ । नेपाल र मलेसियाबीच हेड टु हेड हेर्ने हो भने नेपाल हाबी देखिन्छ । ६ पटकको भेटमा नेपालले पाँच पटक जित निकालेको छ भने मलेसिया एकपटक विजयी भएको छ ।    

नेपालको प्लेइङ–११ : सन्दीप लामिछाने (कप्तान), आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), दीलिप नाथ, कुशल मल्ल, रोहितकुमार पौडेल, करण केसी र अविनाश बोहरा ।  






  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार १२:१८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया