त्रिकाेणात्मक टी-२० सिरिजअन्तर्गत जारी खेलमा मलेसियाले घरेलु टाेली नेपाल समक्ष ११५ रनकाे लक्ष्य प्रस्तुत गरेकाे छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ राेजेकाे मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११४ रन बनायाे ।
मलेसियाका लागि जुबैदी जुल्किफ्लेले सर्वाधिक ३२ रनकाे याेगदान दिए ।
कप्तान अहमद फइजले २४, माेहम्मद आमिरले १६ र सायद अजिजले १४ रन बनाउँदा अन्य ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।
नेपालका लागि सन्दीप लामिछाने र करण केसीले २/२ तथा अविनाश बाेहरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्लले १/१ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।