logo-img

कांग्रेस स्थानीय तह निर्वाचन परिचालन समितिको प्रथम बैठक सम्पन्न, के भयाे निर्णय ?

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन परिचालनबारे पार्टीका प्रदेश सभापतिसँग प्रारम्भिक छलफल सुरु गरेको छ । पार्टी उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको स्थानीय तह निर्वाचन परिचालन समितिले चुनावी तालमेलका विषयमा केन्द्रित भएर प्रदेश सभापतिसँग छलफल सुरु गरेको हो । 

सत्तारुढ गठबन्धन दलसँग चुनावी तालमेल गरेर जाने निर्णय पार्टीले गरेपछि त्यसलाई कसरी व्यवस्थित गरेर जाने भन्ने विषयमा केन्द्रित भएर प्रदेश सभापतिसँग छलफल सुरु गरिएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । 

बैठकमा केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिबीच बलियो समन्वय गरी निर्वाचन परिचालनको कामलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा पनि अन्तरक्रिया गरिएको छ । सहमहामन्त्री पाण्डेले भने, ‘विशेषगरी हामीले निर्वाचनका क्रममा टिकट वितरण गर्ने ठाउँहरु केन्द्र, प्रदेश, जिल्ला र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समिति, उनीहरुका बीचमा समन्वयको स्थिति कसरी निर्माण गर्ने, यो एउटा विषयमा हामीले छलफल ग¥यौँ । र, अर्को तालमेलमा जाँदै छौँ ।’



सत्तागठबन्धनमा भएका राजनीतिक दलसँग तालमेलमा जाने सन्दर्भमा त्यसका जटिलता के हुन सक्छन, व्यवहारिक जटिलता के हुन सक्छ ? त्यो विषयमा पनि प्रारम्भिक छलफल भएको उनले बताए ।

नेपाली कांग्रेसको हालै सम्पन्न केन्द्रीय कार्य समिति बैठकले स्थानीय तह निर्वाचन परिचालन गर्न उपसभापति खड्काको नेतृत्वमा समिति गठन गरेको थियो । समितिका सदस्य समेत रहेका सहमहामन्त्री पाण्डेले बैठक सोही विषयमा केन्द्रित भएको बताए । 





  • प्रकाशित मिति : चैत १६, २०७८ बुधबार १८:२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया