नेकोसको गण्डकी प्रदेश अध्यक्षमा विष्णु पुन निर्वाचित

नेपाल खेलकुद महासंघ (नेकोस) गण्डकी प्रदेश कमिटीको अध्यक्षमा विष्णु पुन निर्विरोध निर्वाचित भएका छन् । आइतबार पोखरामा सम्पन्न प्रथम अधिवेशनले पुनको अध्यक्षतामा ७५ सदस्यीय प्रदेश कमिटीको चयन गरेको हो । 

शनिबार नेकपा एमाले सचिव पद्माकुमारी अर्यालले उद्घाटन गरेको दुईदिने अधिवेशनले दीपेन्द्र पौडेल र साधना पन्तलाई उपाध्यक्षमा निर्वाचित गरेको छ । त्यसैगरी, शिव अधिकारी सचिव चयन भए भने सुजन आचार्य र बोधराज गिरि सहसचिव एवं तोरण बानियाँ कोषाध्यक्षमा निर्वाचित भए ।

गण्डकी प्रदेशको अधिवेशन सम्पन्न भएसँगै महासंघले आफूमातहतका सातवटै प्रदेश र उपत्यका विशेष प्रदेश कमिटीमा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ ।

गत फागुन २८ गते संयुक्त भेलामार्फत २७ वटा घटक राष्ट्रिय खेल संघको गठन गरेको महासंघले जिल्ला तथा पालिका तहको कमिटी निर्माणमा आफ्नो ध्यान केन्द्रित गरेको छ ।

नवनिर्वाचित कमिटीलाई महासंघका केन्द्रीय संयोजक कृष्ण बस्नेत (पर्शुराम)ले पद तथा गोपनीयताको सपथ गराए । शुभकामना दिने सन्दर्भमा बस्नेतले स्थानीय तहदेखि नै खेलकुद क्षेत्रको उठान गर्नका लागि ‘एक पालिका एक रंगशाला तथा एक वडा एक खेल मैदान’को नीतिलाई स्थानीय निर्वाचनमा एमालेले जारी गर्ने घोषणापत्रमा उल्लेख गर्दै कार्यान्वयन गर्नका लागि महासंघ प्रतिबद्ध रहेको बताए ।





  • प्रकाशित मिति : चैत २०, २०७८ आइतबार २१:५६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया