उदयपुरमा गहना लुटपाटपछि महिलाको हत्या
सांकेतिक तस्बीर

उदयपुरको त्रियुगा नगरपालिका-१३ बेहर्डवास्थित ६६ वर्षीया सुखरीदेवी चौधरीको हत्या भएको छ । 

घरमा कोही नभएको मौका छोपी गरगहना लुटपाट गरेर उनकाे गए राति हत्या भएकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानले देखाएकाे छ ।

मृतक चौधरीलाई उनकै घरमा ओछ्यानमा हत्या गरी छाडेको पाइएकाे श्रीमान बच्चुलाल चौधरीले बताए । 

घरमा उनलाई मात्र छाडेर अन्य सदस्य बाहिर गएको मौकामा हत्या गरेको हुन सक्ने बताइएको छ ।

श्रीमतीलाई घरमा छाडेर गाईघाट बजार गएका बच्चुलाल घर फर्किँदा सुखरीदेव मृत अवस्था फेला पारेको उनले बताए । 

दिउँसो गाउँमा भारतीय मूलको दुई जना कालो कपडा लगाउने अघोरी बाबा आएको स्थानीयबासीले बताएका छन् । 



घटनास्थलमा मृतकले लगाएको नाक, कानको गहना लुटपाटको अवस्थामा फेला पारेको थियो । 

मृतक चौधरीको शव राति नै प्रहरीले पाेस्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट लगिएकाे छ ।



घटनाबारे अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

  • प्रकाशित मिति : चैत २४, २०७८ बिहीबार ९:५२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया