बागमती प्रदेशका १२ लाख भन्दा धेरै बालबालिकालई टाइफाइटको खोप लगाइँदै

टाइफाइडविरुद्धको देशव्यापी खोप अभियान बिहीबारदेखि सुरु भएको छ । १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई दिइने यो खोप अभियान वैैशाख २५ गतेसम्म सञ्चालन हुनेछ । टाइफाइटविरुद्धको देशव्यापी अभियानअन्तर्गत बागमती प्रदेशमा १२ लाख ५२ हजार ५ सय ३९ जना बालबालिका समावेश हुने स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका निर्देशक महेश्वर श्रेष्ठले जानकारी दिए । देशव्यापी रुपमा बालबालिकालाई भोलि शुक्रबारदेखि खोप दिन सुरु गरिनेछ ।

जसमध्ये टाइफाइटविरुद्धको खोप लगाउने बालबालिका सबैभन्दा धेरै काठमाडौंमा रहेका छन् । जहाँ ३ लाख ६८ हजार ५ सय ६३ बालबालिका रहेको निर्देशनालयको तथ्यांक छ । यस्तै, बागमती प्रदेशको सबैभन्दा कम खोप लगाउने बालबालिका रहेको जिल्ला रसुवा रहेको छ । जहाँ १४ हजार १ सय ९२ बालबालिका रहेका छन् । 

त्यस्तै, सिन्धुली जिल्लामा ९० हजार ५ सय ८, रामेछापमा ४१ हजार ९ सय २१, दोलखा जिल्लामा ४२ हजार ७ सय, सिन्धुपाल्चोकमा ५७ हजार ९ सय ९० बालबालिका रहेको निर्देशनालयको तथ्यांक छ । त्यस्तै, काभ्रे जिल्लामा ८९ हजार ८ सय ४८ बालबालिकालाई टाइफाइटविरुद्धको खोप लगाइनेछ । त्यस्तै, ललितपुर जिल्लामा ९४ हजार ७३ भक्तपुर जिल्लामा ६४ हजार ६०, नुवाकोट जिल्लामा ६२ हजार ७ सय ४९ बालबालिकामा खोप लगाइनेछ । 

त्यस्तै, धादिङ जिल्लामा १४ हजार १ सय ९२, मकवानपुर जिल्लामा १ लाख ८ हजार ४ सय ९० र चितवन जिल्लामा १ लाख ३७ हजार ६ सय ७० बालबालिका रहेको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएको छ । 

खोप अभियान सञ्चालनका लागि प्रदेशभर ६ हजार पाँच सय २० वटा केन्द्र निर्धारण गरिएकोमा ८० प्रतिशतभन्दा बढी केन्द्र विद्यालयमा राखिएको निर्देशक श्रेष्ठले जानकारी दिए । खोप लगाउनका लागि ८ हजार ८ सय ५८ जना खोप कार्यकर्ता खटिनेछन् भने १७ हजार नौ सय ६३ जना स्वयंसेवक परिचालन हुनेछन् । खोप अभियान सकिएपछि पनि सरकारले टाइफाइड खोपलाई नियमित खोपको रुपमा समेट्ने जनाइएको छ । हरेक बच्चा जन्मिएको १५ महिनाको उमेर लगाउने गरी टाइफाइड खोप नियमित गर्न लागिएको जनाइएको छ ।

खोपको रोग प्रतिरोधात्मक क्षमता ९६ दशमलव ९५ प्रतिशत रहेको जनाइएको छ । ५ वर्षभन्दा मुनिका बालबालिकामा टाइफाइडको संक्रमणदर बढी देखिएको पाइएकाले सरकारले १५ वर्षमुनिका बालबालिकालाई खोप अभियानमा समेटेको जनाइएको छ ।



नेपालमा टाइफाइडविरुद्धको खोप अभियान पहिलोपटक दिन लागिएको हो । खोप अभियानमा देशभरका झण्डै ७५ लाख बालबालिका समेट्ने लक्ष्य राखिएको छ । वडा स्तरमा रहेका खोप केन्द्रबाट बालबालिकालाई खोप लगाउन सरकारले सबैमा अनुरोध गरेको छ । 



  • प्रकाशित मिति : चैत २४, २०७८ बिहीबार १८:१३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया