राजनीतिमा सेवाको भावनाले प्रवेश गरेको हुँ, नेपालीको शीर नझुक्नेगरी काम गर्छु : पर्यटनमन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि विभिन्न सुधारका काम भइरहेको दाबी गरेका छन् । 

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले आफूले मन्त्रालयको जिम्मेवारी लिएसँगै सुधारका धेरै कामहरु भइरहेको बताए । आफ्नो मन्त्रालयमा थुप्रै फोहोरका डंगुर रहेको उल्लेख गर्दै उनले तिनलाई सफा गरेको बताए । 

आफू राजनीतिमा सेवाको भावनाले प्रवेश गरेकाले नेपालीको शिर नझुक्नेगरी काम गर्ने बताए । नारायणहिटी, पशुपति धर्मशाला, चार्टड फ्लाइटलगायतमा भएका भ्रष्ट्राचारविरुद्ध आफूले काम गरेको उनले सुनाए । उनले भने, ‘राजनीतिमा सेवाको भावले प्रवेश गरेको छु । जबसम्म म कुर्सीमा बस्छु, ३ करोड नेपाली जनताको शीर ननिहुरिने गरी काम गर्छु ।’

मन्त्री आलेले सर्वहारा र श्रमजीवी वर्गको हक हितको पक्षमा आफू सधैँ उभिने बताए । 





  • प्रकाशित मिति : चैत २४, २०७८ बिहीबार १८:३६:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया