सुदूरपश्चिममा गठबन्धनबाट बाहिरिने जसपाको चेतावनी

सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन गरिएकोप्रति जनता समाजवादी पार्टीले असन्तु्ष्टि जनाएको छ । सत्तारुढ गठबन्धनमा आबद्ध भए पनि प्रदेश सरकार पुनर्गठनका क्रममा आफूहरुलाई बेवास्ता गरेको भन्दै जसपाले शनिबार धनगढीमा पत्रकार सम्मेलन गरेर आपत्ति जनाएको हो । 

गठबन्धनमा आबद्ध अन्य दलले अपमान गरेको र केन्द्रीय सहमतिअनुसार अगाडि नबढेको भन्दै जसपाले गठबन्धन बाहिरिने चेतावनी समेत दिएको छ ।
जसपाका प्रदेश समिति अध्यक्ष कृष्णकुमार चौधरीले आफूहरुलाई बाइपास गरिएकाले यथास्थितिमा गठबन्धन रहन नसक्ने बताए । 

नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रले कुनै जानकारी नदिएर कांग्रेसलाई प्रदेश सरकारमा सहभागी गराएकोमा हाम्रो पार्टीको अपमान गरिएको महसुस भएको छ,’ धनगढीमा आयोजित पत्रकार सम्मेलनमा चौधरीले भने, ‘केन्द्रीय सहमतिअनुसार अगाडि बढेको खण्डमा मात्र सहमति हुन सक्छ । अन्यथा हामी गठबन्धनमा बस्दैनौँ ।’

शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुँदा आफूहरुलाई बेवास्ता गरेको जसपाको भनाइ छ । सुदूरपश्चिम प्रदेशसभामा जसपाका एक सांसद छन् । जसपाले स्थानीय तहको निर्वाचनसमेत एक्लै लड्न सक्षम भएको दाबी गरेको छ ।





  • प्रकाशित मिति : चैत २६, २०७८ शनिबार १९:५०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया