नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपा पनि स्थानीय निर्वाचनमा, प्युठानमा सत्तारुढ दलसँग गठबन्धन

नेत्रविक्रम चन्द विप्वल नेतृत्वको नेकपाले पनि स्थानीय तह निर्वाचनमा भाग लिने भएको छ । सत्तारुढ दलहरुसँग गठबन्धन गरेर विप्लव नेतृत्वको नेकपाले स्थानीय निर्वाचनमा सहभागिता जनाउने भएको हो । 

यसअघि यो दलको केन्द्रीय कमिटी बैठकमा स्थानीय निर्वाचनमा भाग नलिने निर्णय भएको थियो । पार्टी महासचिव विप्लव चुनावमा भाग लिने पक्षमा थिए तर उनलाई बहुमत सदस्यको साथ भएन ।

तर, ३० वैशाखमा हुने निर्वाचनमा प्युठानमा सत्तारुढ दलसँग मिलेर निर्वाचनमा जाने नेकपाले निर्णय गरेको हो ।

नेकपाले माण्डवी गाउँपालिकामा चुनावका लागि माओवादी केन्द्र, कांग्रेस र राष्ट्रिय जनमोर्चासँग तालमेल गर्ने सैद्धान्तिक सहमति गरेको हो ।

शुक्रवार गठबन्धनद्वारा जारी प्रेस विज्ञप्तिमा सबै पार्टीको सहअस्तित्व स्वीकार गर्ने गरी आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भएको जनाएको छ ।

विज्ञप्तिमा नेकपाका तर्फबाट युवा नेता हरि बस्नेतले हस्ताक्षर गरेका छन्। यद्यपि पद बाँडफाँड भने भइसकेको छैन ।



जिल्लाका नौ स्थानीय तहमध्ये माण्डवी गाउँपालिकालाई विप्लव नेकपाले गढका रूपमा लिने गरेको छ ।

अघिल्लो स्थानीय निर्वाचनमा नेकपाले निर्वाचन बहिस्कारको निर्णय गरेको थियो ।



  • प्रकाशित मिति : चैत २६, २०७८ शनिबार २१:२३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया