लेवान्डोस्कीको गोलमा बायर्नको रोमाञ्चक जित

जर्मन बुन्डेस लिगअन्तर्गत अगस्बर्गविरुद्ध लिग लिडर बायर्न म्युनिख विजयी भएको छ । गएराति एलियन्ज एरिनामा भएको खेलमा अगस्बर्गमाथि घरेलु टोली बायर्न १–० ले विजयी भएको हो । 

खेलको ८२ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत गरेको गोल नै घरेलु टोलीलाई जित दिलाउन पर्याप्त बन्यो ।

जितसँगै शीर्ष स्थानको बायर्नले २९ खेलमा ६९ अंक जोड्दा पराजित अगस्बर्ग समान खेलमा ३२ अंकका साथ १४ औं  स्थानमा छ । लिग अन्तर्गतकै अन्य खेलमा उल्फ्सबर्गले अर्मेनिया बेलिफील्डलाई ४–० तथा कोलोग्नेले माइन्जलाई ३–२ ले पराजित गरे ।

त्यस्तै, बोरूसिया मोन्चेनगाल्डबाखले ग्रेउथर फ्रुथमाथि २–० र  युनियन बर्लिनले हेर्था बिएससीमाथि ४–१ को जित हात पारे






  • प्रकाशित मिति : चैत २७, २०७८ आइतबार ८:१५:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया