जनकपुरधाम उपमहानगरपालिकाका सरसफाइकर्मीहरूले नगर प्रमुख लालकिशोर साहको निवास अगाडि धर्ना दिएका छन् ।
नगर प्रमुख साहले आफूहरूलाई दुई महिना काममा लगाएर पुनः हटाएपछि उनीहरू आन्दोलनमा उत्रेका हुन् ।
सफाइ कर्मचारीहरूले आफूसँग नगर प्रमुख साहले अन्याय गरेको आरोप लगाउँदै साहविरुद्ध नाराबाजीसमेत गरेका थिए ।
उनीहरूको नाराबाजीका कारण मेयर साह घण्टौंसम्म आफ्नो निवासबाट निस्कन सकेका थिएनन् ।
जनकपुरधाममा फोहोरको अत्याधिक समस्या रहेको र सडक समयमा सफाइ नभएपछि उपमहानगरका पदाधिकारीहरूको आलोचना हुँदै आएको छ ।
तथापि उपमहानगरले नगरको सरसफाइमा ध्यान नदिएको स्थानीयको आरोप छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।