अन्ततः निर्देशक राजकुमार हिरानी र अभिनेता शाहरुख खानको प्रोजेक्ट सुरु हुने भएको छ ।
भारतीय मिडियाले फिल्मको छायांकन १५ अप्रिलबाट सुरु हुने जनाएका छन् ।
इमिग्रेसनको विषयवस्तुमा केन्द्रित फिल्मको पहिलो सेड्युल ४० दिनको राखिएको छ ।
शाहरुखले हालै ‘पठान’ को छायांकन सकाएका छन् । अब उनले हिरानीको फिल्म सुरु गर्नेछन् ।
पन्जाबको सेटअपमा छायांकन हुने फिल्मका लागि मुम्बईस्थित फिल्म सिटीमा भव्य सेट तयार गरिएको छ ।
सोसल कमेडी फिल्मका लागि शाहरुख तयार भएका छन् ।
केही समययता फिल्ममा सफलता हात पार्न नसकेका शाहरुखलाई हिरानी निर्देशित फिल्म गर्न उनका फ्यानहरूले समेत सामाजिक सञ्जालमा आग्रह गर्ने गरेका छन्।
शाहरुख पछिल्लो समय आफ्नो पठान लुक्सका कारण चर्चामा छन् ।
पछिल्लो फिल्म ‘जिरो’ को असफलतापश्चात् उनले फिल्मबाट केही समय ब्रेक लिएका थिए ।
यद्यपि अब उनी ‘ब्याक टु ब्याक’ काममा व्यस्त भइरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।