एकै ओभरमा ६ विकेट

शेन वार्नको स्मृतिमा जारी नेपाल प्रो-क्लब च्याम्पियनसिपमा पुस स्पोर्ट्स दिल्लीविरुद्ध मलेसिया-११ ले एकै ओभरमा ६ विकेट लिएको छ ।

मलेसियाका वीरन्दीप सिंहको ओभरमा टिमले ६ बलमा ६ विकेट निकालेको हो। उनले दिल्लीविरुद्ध अन्तिम ओभरमा ५ विकेट लिँदा एक खेलाडी रन आउट भएका थिए।

पारीको अन्तिम ओभरको पहिलो बल वाइड गरेका वीरन्दीपले लगत्तै म्रिगंक पाठकलाई आउट गर्दा ओभरको दोस्रो बलमा इशान पाण्डे रन आउट भए ।

त्यसपछि आएका सबै ब्याटरलाई वीरन्दीपले आउट गरे । उनले प्रनय प्रसाद, अनिन्दाे नहारे, विशेष सारोह जतिन सिंघलर स्पर्शलाई खात खोल्न नपाई पेभिलियन फर्काएका हुन् । 

अन्तिम ओभरमा ६ विकेट गुमाएपछि दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनायो । 





  • प्रकाशित मिति : चैत २८, २०७८ साेमबार १७:३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया