लाइप्जिग युरोपा लिगको सेमिफाइनलमा

जर्मन क्लब लाइप्जिग युरोपा लिगको सेमिफाइनल प्रवेश गरेको छ । पाहुना टोली लाइप्जिगले गएराति सम्पन्न क्वार्टरफाइनको दोस्रो लेगमा इटालियन क्लब एट्लान्टालाई २–० तथा समग्रमा ३–१ ले हराएको हो । 

गेविस स्टेडियममा लाइप्जिगलाई जित दिलाउन दुवै गोल क्रिस्टोफर एनकुन्कुले गरे । खेलको १८ औं मिनेटमा एनकुन्कुको गोलमार्फत लाइप्जिगले अग्रता लिएको थियो ।

८७ औं मिनेटमा उनैले पेनाल्टीमार्फत व्यत्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को सहज जित दिलाए । लाइप्जिगको घरेलु मैदानमा भएको पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो ।

त्यस्तै, रेन्जर्स, वेस्ट ह्याम र फ्रान्कफुर्टले पनि आ–आफ्नो खेलमा जित हात पार्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका छन् । सेमिफाइनलमा लाइप्जिगले रेन्जर्स तथा फ्रान्कफुर्टले  वेस्ट ह्यामको सामना गर्नेछन्  । 





  • प्रकाशित मिति : वैशाख २, २०७९ शुक्रबार ७:४५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया