डिआइजी खड्का सशस्त्र प्रहरी बलको प्रवक्तामा नियुक्त

सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) विदुर खड्कालाई दिइएको छ । सशस्त्र प्रहरीको नेतृत्व पुष्पराम केसीले सम्हालेसँगै खड्कालाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।

खड्कालाई मोबाईल नम्बर ९८५१२७२००७ र इमेल ठेगाना spokesperson@apf.gov.np​ मा सम्पर्क गर्न सकिने सशस्त्र प्रहरी बलले जनाएको छ ।

उनलाई संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयलगायत विभिन्न सूचना प्रवाह गर्ने जिम्मेवारी दिइएको छ । 

सरकारले बुधबार मात्र केसीलाई सशस्त्र प्रहरी बलको प्रमुखमा बढुवा गरेको थियो । उनी १९ दिनका लागि मात्रै सशस्त्रको प्रमुख हुनेछन् । त्यसपछि उनी ३० वर्षे सेवा अवधि पूरा गरेर अवकाश पाउनेछन् । 





  • प्रकाशित मिति : वैशाख २, २०७९ शुक्रबार १७:३२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया