प्युठानकाे झिमरुकमा कांग्रेस–माओवादीबीच तालमेल

स्थानीय तह निर्वाचनमा प्युठानको झिमरुक गाउँपलिकामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । यसअघि राष्ट्रिय जनमोर्चाले जितेको गाउँपालिकामा दुई दल मात्रै मिलेर लड्ने समझदारी गरेका हुन् ।

पालिका अध्यक्ष माओवादीलाई र उपाध्यक्ष काँग्रेसलाई दिने समझदारी बनेको छ । अरु वडा अध्यक्ष र सदस्य दुइ दलको आपसी समझदारीका आधारमा टुंगो लगाइने भएको छ ।  माओवादीले पालिका अध्यक्षमा पितबहादुर एमसी र काँग्रेसले उपाध्यक्षमा प्रमोद पोखरेल उठाउने तयारी गरेको छ ।

पाँच दलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र जनता समाजवादीलाई पन्छाएर दुइ दलले मात्रै मिलेर लड्ने समझदारी गरेका हुन् ।





  • प्रकाशित मिति : वैशाख ५, २०७९ साेमबार १४:५९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया