ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले घटेको छ । योसँगै आज छापावाल सुन प्रतितोला १ लाख ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १०० रुपैयाँ कायम गरिएको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार १०० रुपैयाँ थियो ।

बुधबार चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ घटेको छ । आज चाँदीप्रति तोला १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 





  • प्रकाशित मिति : वैशाख ७, २०७९ बुधबार ११:१९:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया