बुटवलमा एमालेले राष्ट्रिय जनमुक्ति पार्टीसँग तालमेल गर्ने

बुटवल उपमहानगरपालिकामा एमालेले राष्ट्रिय जनमुक्ति पार्टीसँग तालमेल गर्ने भएको छ । दुवै पार्टीका उपमहानगरपालिकास्तरका कमिटीबीच शनिबार तालमेल गरेर निर्वाचनमा जाने सहमति भएको हो । 

कांग्रेस र माओवादीको गठबन्धन हुँदा पनि २०७४ को निर्वाचन एक्लै जितेको एमालेले यस पटक तालमेल गर्न लागेको हो । 

दुवै पार्टीका नगर कमिटीका अध्यक्षले संयुक्त हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार एमालेले जनमुक्ति पार्टीलाई १९ वडामा ११ जना सदस्य दिने भएको छ भने एमालेका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यसमेत गरी ८६ जना उमेदवारलाई जनमुक्ति पार्टीले सहयोग गर्ने गर्ने छ ।





  • प्रकाशित मिति : वैशाख १०, २०७९ शनिबार १८:३१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया