logo-img

विराटनगर : पहिलो दिन मेयरमा तीन जनाको मनोनयन दर्ता, ठूला दलले दिएनन् उम्मदवारी

मनोनयन दर्ता सुरु भएको पहिलो दिन आइतबार विराटनगरमा ५७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता सुरु भएको पहिलो दिन अहिलेका कुनै पनि ठूला दलले उम्मेदवारी दर्ता गराएनन् । 

साना दल र स्वतन्त्र गरि आइतबार ५७ जनाले मात्र उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकार हेमबहादुर बुढाथोकीले जानकारी दिए । 



उनका अनुसार आइतबार ३६ जना वडा सदस्य, १८ जना वडाध्यक्ष र तीन जनाको मेयरमा उम्मेदवारी परेको छ । 

मेयरमा जसपा परित्याग गरेको घोषणा गरेका उमेश यादव र सकृय गौतमले स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

त्यस्तै सिके राउत नेतृत्वको जनमत पार्टीका तर्फबाट अरुणकुमार मण्डलले उम्मेदवारी दिएका छन् । उनी सो पार्टीका महानगर समिति अध्यक्ष हुन् । 



उपमेयरमा भने एक जनाको पनि उम्मेदवारी नपरेको बुढाथोकीले बताए ।



  • प्रकाशित मिति : वैशाख ११, २०७९ आइतबार १८:४७:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया