ट्रम्पले भने– बेलायती राजकुमार ह्यारी र मेघनको शाही उपाधि खोस्नुपर्छ

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती महारानी एलिजाबेथ द्धितीयले राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलको शाही उपाधि खोस्नुपर्ने बताएका छन् । एक अन्तर्वार्तामा ड्युक र डचेज अफ ससेक्समाथि पूर्वराष्ट्रपति ट्रम्प खनिएका हुन् । 

राजकुमार ह्यारीआफ्नो देशप्रति निकै बेइमान भएकोसमेत उनले आरोप लगाए । उनलाई स्वदेश फर्किन प्रतिबन्ध लगाउनुपर्ने बताउँदै ट्रम्पले महारानीले ‘सिधै यहाँ नआउ भन्नुपर्ने’ बताए । 

रानीको स्थानमा ट्रम्प भएको भए के उनले ह्यारी र मेघनको शाही उपाधि खोस्थे भन्ने प्रश्नको जवाफमा ट्रम्पले अगाडि भने, ‘हो मैले खोस्थे ।’

आफू मेघनको प्रशंसक नभएको भन्दै उनले अगाडि भने, ‘विचरा ह्यारीलाई उनको नाकले घेरेको छ ।’ उनले राजकुमार ह्यारीको मेघनसँगको विवाह ‘खराब अन्त्य’ हुनेसमेत भविष्यवाणी गरे ।  





  • प्रकाशित मिति : वैशाख १३, २०७९ मंगलबार ७:४६:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया