एकीकृत समाजवादी छोडेका श्रीधर पोखरेल एमालेको घरदैलो कार्यक्रममा व्यस्त (तस्वीरहरू)

नेकपा (एकीकृत समाजवादी) मकवानपुरका जिल्ला अध्यक्षबाट राजीनामा दिएर नेकपा एमाले प्रवेश गरेका श्रीधर पोखरेल चुनावी प्रचारप्रसारमा जुटेका छन् । पोखरेललाई काठमाडौंमा भएको एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओलीले टीका लगाएर एमालेमा स्वागत गरेका थिए । 

समाजवादीमा व्यक्तिवाद हाबी भएको र समाजवादीलाई प्रालि बनाइएको भन्दै पोखरेलसहितका नेताहरूले पार्टी परित्याग गरेका थिए । बुधबार पत्रकार सम्मेलन गर्दै एकीकृत समाजवादीबाट राजीनामाको घोषणा गरेर केही समय स्वतन्त्र रहने बताएका पोखरेलले बिहीबार नै एमाले अध्यक्ष ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेका थिए । 

एमालेमा प्रवेश गरेलगतै श्रीधर पोखरेल नेकपा एमालेको चुनावी प्रचारप्रसारमा सहभागी भएका छन् । उनी शुक्रबार हेटौंडा–५ मा भएको नेकपा एमालेको प्रचारप्रसार तथा घरदैलो कार्यक्रममा सहभागी भएका हुन् । 

एमालेबाट मेयर पदका उम्मेदवार अनन्त पौडेल, उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्लेसहित वडाध्यक्ष तथा सदस्य पदका उम्मेदवारहरूलाई शुभकामना दिँदै निर्वाचनमा दिल खोलेर लागी पर्नेसमेत बताए ।





  • प्रकाशित मिति : वैशाख १६, २०७९ शुक्रबार १७:५:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया