कांग्रेसले आधिकारिक उम्मेदवारका पक्षमा मत माग्ने 'बागी'लाई कारबाही नगर्ने

नेपाली कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई कारबाही नगर्ने भएको छ ।

आइतबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीको निर्देशन विपरित उम्मेदवारी दिने व्यक्ति पार्टी विधानअनुसार स्वतः पार्टीबाट निष्कासित हुने भए पनि पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई पार्टीबाट निष्कासन नगरिने बताएका हुन् । 

उनले प्राविधिक कारणले समयमै उम्मेदवारी फिर्ता लिन नसक्नेहरूले आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य निकारेर प्रचारमा गएमा विधानको व्यवस्थाअनुसार नहुने उल्लेख गरे । उनले पार्टी र गठबन्धनको निर्णय अनुसारको आधिकारिक उम्मेदवारको पक्षमा आउन पनि बागी उम्मेदवारहरूलाई आग्रह गरे । 

‘हाम्रो विधानको व्यवस्थाअनुसार जसले पार्टीको निर्देशन विपरीत उम्मेदवारी दिन्छ, स्वतः पार्टीबाट निष्कासित हुने व्यवस्था छ । तर पनि प्राविधिक कारणले तालमेल पछिल्लो समयसम्म तालमेलमा मिलाउनुपर्ने कारणले समयमा उम्मेदवारी फिर्ता दिन सक्नुभएन, प्राविधिक कारणले । पछि पार्टीको निर्देशनमा जसले वक्तव्यमार्फत र पूरै समर्पित भएर आधिकारिक उम्मेदवारको पक्षमा जसले आफ्नो उम्मेदवारी फिर्ता लिनुहुन्छ र आधिकारिक उम्मेदवारको पक्षमा प्रचारमा जानुहुन्छ उहाँहरूलाई जुन विधानको व्यवस्था छ त्यसलाई किनभने पार्टीको पक्षमा काम गरिसकेको हुनाले त्यो लागु नगर्ने कुराहरु हामी गर्छौ’ उनले भने ।





  • प्रकाशित मिति : वैशाख १८, २०७९ आइतबार १७:६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया