logo-img

महिला भलिबल : साविक विजेता न्यु डायमन्ड पराजित, एपिएफको लगातार दोस्रो जित

साविक विजेता न्यु डायमन्ड स्पोर्ट्स क्लब राजधानीमा जारी छैटौँ एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग प्रतियोगिताअन्तर्गत महिलातर्फको खेलमा पराजित हुँदा विभागीय टोली एपिएफ क्लबले लगातार दोस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्ड हलमा सम्पन्न दिनको पहिलो खेलमा साविक विजेता न्यु डायमन्ड स्पोटर््स क्लब पोखराको एभरेष्ट भलिबल क्लबसँग ३–२ को सेटमा पराजित भएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा न्यु डायमन्डले पहिलो सेट २६–२४ ले गुमाए पनि दोस्रो र तेस्रो सेटमा जित निकाल्दै खेलमा फर्किने संकेत देखाएको थियो । 

दोस्रो र तेस्रो सेटमा १३–२५, २०–२५ को जित निकालेको थियो । जित सुनिश्चित गर्न न्यु डायमन्डलाई चौथो सेट जित्नै दबाब भए पनि चौथो सेटमा सम्हालिएको प्रदर्शन गर्न नसक्दा २१–२५ ले गुमाउन पुग्दा खेल पाँचौँ सेटमा पुगेको थियो । अन्तिम तथा निर्णायक सेटमा एभरेस्टले १५–१३ ले आफ्नो पक्षमा पारेपछि साविक विजेता स्तब्ध भएको हो भने एभरेष्टले दोस्रो खेलबाट पहिलो जित निकाल्न सफल भएको छ ।



राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाही सम्मिलित एभरेष्ट यसअघि त्रिभुवन आर्मीसँग सोझो सेटमा पराजित भएको थियो । यससँगै न्यु डायमन्डले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । जित निकालेको एभरेष्टले अंक तालिकामा २ अंक जोड्दा पराजित न्यु डायमन्डले १ अंकको खाता खोलेको छ ।

महिलातर्फ मंगलबार नै सम्पन्न दिनको दोस्रो खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराउँदै जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । एपिएफले आर्मीलाई २७–२५, १३–२५, २५–२१, २५–२३ को सेटमा पराजित गर्दा आर्मीले जारी लिगमा पहिलो हार भोगेको हो । 

एपिएफले यसअघि नेपाल पुलिस क्लबसँग ३–१ को सेटमा पराजित भएको थियो । आर्मीले भने पहिलो खेलमा एभरेस्ट भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको थियो । प्रतियोगितामा समान दुई खेल खेलेका एपिएफ र आर्मीले समान तीन अंक जोडेका छन् ।





  • प्रकाशित मिति : वैशाख २०, २०७९ मंगलबार १८:२९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया