logo-img

प्रधानमन्त्री हुँदा ओलीले प्रदेश र स्थानीय तहको अधिकार खोसे : महेश आचार्य

नेपाली कांग्रेसका नेता महेश आचार्यले प्रधानमन्त्री हुँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेश र स्थानीय तहको अधिकार खासेको आरोप लगाएका छन् । 

बुधबार विराटनगरमा नेपाली कांग्रेस मोरङले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेता आचार्यले यस्तो आरोप लगाएका हुन् । 

पूर्वअर्थमन्त्रीसमेत रहेका नेता आचार्यले संविधान निर्माण गर्दा प्रदेश र स्थानीय तहलाई प्रदान गरिएको अधिकारलाई संकुचित बनाएको बताए । 



नेता आचार्यले ओलीले प्रधानमन्त्री हुँदा मुलुकलाई अस्तव्यस्त बनाएको दाबी गरे । उनले ओली सरकारको अक्षमताका कारण वैदेशिक सहायता परिचालन हुन नसकेर मुलुक अस्तव्यस्त बनेको र त्यसलाई सुधार गर्न कांग्रेसले निर्वाचन जित्नुपर्ने बताए ।





  • प्रकाशित मिति : वैशाख २१, २०७९ बुधबार १५:४२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया