‘चुनावी घरदैलोमा जानु छ’ भन्दै देउवालाई नभेटी निस्किए जगन्नाथ

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार नै गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न चितवन पुगेका छन् । चुनावी सभा बिहीबार हुने भएपनि उनी एकदिन अगावै चितवन पुगे ।

देउवा बुधबार नै चितवन पुग्नुको कारण– भरतपुर महानगरपालिकाको मेयरका लागि उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई फकाउनु पनि थियो । कांग्रेसले टिकट नदिएपछि पाैडेल बागी उम्मेदवारको रूपमा चुनावी मैदानमा छन् ।

तिनै पौडेललाई फकाउन पार्टी सभापति देउवा निरन्तर प्रयासमा छन् । तर, उनी सफल हुन सकेका छैनन् । आज पनि देउवाले पौडेललाई भेटेर उम्मेदवारी निष्क्रिय​ गर्न आग्रह गर्ने योजनामा थिए । तर, उनको यो प्रयास पनि सफल हुन सकेन ।  

पौडेललाई देउवाले आज बिहान भेट्न खोजेका थिए । तर, जगन्नाथसँग उनको भेट हुन सकेन । पौडेलले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भने भेटे । ‘वरिष्ठ नेता पौडेलसँग भेट भयो, प्रधानमन्त्रीसँग भेट भएन । हामी हाम्रो चुनावी घरदैलो कार्यक्रम छ भनेर फर्कियौँ,’ जगन्नाथले भने । 

भरतपुरको होटल सिराँगचुलीमा भएको भेटवार्ताका क्रममा वरिष्ठ नेता पौडेलले बागी उम्मेदवार जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मीना खरेल, पूर्वसांसद भीमबहादुर श्रेष्ठसँग कुराकानी गरेका थिए । भेटमा उनले उम्मेदवारी निष्क्रिय गर्न पनि अनुरोध गरे । तर, जगन्नाथले भने अब आफू पछि हट्न नसक्ने जवाफ दिए ।   





  • प्रकाशित मिति : वैशाख २२, २०७९ बिहीबार ९:४२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया