बालेन साहलाई ‘अन्तर्राष्ट्रिय ठग’ भनेपछि स्थापितलाई आयोगले फेरि सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका तर्फबाट उम्मेदवार बनेका केशव स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । मेयरका अर्का प्रत्याशी बालेन साहबारे उनले गरेको टिप्पणीबारे आयोगले स्पष्टीकरण सोधेको हो । 

बिहीबार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थापितको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकूल नभएको बताए । स्थापितले प्रतिस्पर्धी साहलाई ‘अन्तर्राष्ट्रिय ठग’ भन्दै आपत्तिजनक टिप्पणी गरेका थिए ।

यसअघि पनि स्थापितले दिएका अभिव्यक्तिले आचारसंहिता उल्लंघन गरेको उजुरी आएको भन्दै निर्वाचनले २४ घण्टे स्पष्टीकरण सोधेको थियो । स्थापितले त्यसको जवाफ बिहीबार मात्रै बुझाएका थिए । 

उनले आफूले आचारसंहिता उल्लंघन नगरेको दाबी गर्दै आफ्ना प्रस्ट अभिव्यक्तिले कसैको चरित्र हत्या भएको र निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्न नमिल्ने दाबी गरेका थिए ।





  • प्रकाशित मिति : वैशाख २२, २०७९ बिहीबार १७:४१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया