वक्तामा नाम नभए पछि विमलेन्द्र निधिले सत्ता गठबन्धनको सभा बहिष्कार गर्ने

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले जनकपुरमा आज सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी सभालाई बहिष्कार गर्ने भएका छन् । सभामा वक्ताहरुको नामको सूचीमा आफ्नो नाम नपरेपछि उनले चुनावी सभा बहिष्कार गर्न लागेका हुन् । 

आफ्नै गृहजिल्ला धनुषामा हुन लागेको सभामा आफू सहभागी नभएर निधि धरान गएका छन् । उनले आफूले बोल्न नपाउने भएपछि कार्यक्रममा नआउने बताएको कांग्रेस धनुषाका एक नेताले फरकधारलाई बताएका छन् ।

धनुषामा हुने कार्यक्रमका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुर पुगिसकेका छन् । 

केहीबेरमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि त्यहाँ जाँदैछन् । कार्यक्रममा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पनि सम्बोधन गर्नेछन् ।





  • प्रकाशित मिति : वैशाख २४, २०७९ शनिबार १२:२६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया