एमालेले जिते लाेकतन्त्र सकिन्छ, संविधान कमजाेर बनाउने प्रयास हुन्छ: प्रदीप पाैडेल

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले संवैधानिक उपलब्धीहरु समाप्त गर्ने बाटोतिर उद्दत पार्टी आशन्न निर्वाचनले परास्त गर्न जरुरी रहेको बताएका छन्। 

पार्टीको स्याङ्जा–काठमाडौँ सम्पर्क समितिले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा उनले संवैधानिक उपलब्धीहरु समाप्त गर्ने बाटोतिर उद्दत पार्टी आशन्न निर्वाचनले परास्त गर्न जरुरी रहेको बताएका हुन् । 

‘केपी शर्मा ओली आफू शासकका रुपमा असफल त हुँदै हो। सँगसँगै उहाँको नियत संवैधानिक उपलब्धीहरुलाई समाप्त गर्ने पनि थियो,’ पौडेलले भने, ‘त्यसैले संवैधानिक उपलब्धीहरुलाई समाप्त गर्ने बाटोतिर उद्दत भएको पार्टी, व्यक्ति अथवा प्रवृत्तिलाई यो निर्वाचनले परास्त गर्न जरुरी छ।’

वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनबाट एमाले अनुमोदन भएर आए लोकतन्त्र सुरक्षित गर्न नसकिने उनको जिकिर थियो।   

‘यो निर्वाचनमा फेरि पनि त्यो प्रवृत्ति अनुमादित भएर आयो भने हामीले लोकतन्त्रलाई सुरक्षित गर्न सक्दैनौँ,’ नेता पौडेलले भने, ‘त्यस अर्थमा स्थानीय तहको निर्वाचन महत्वपूर्ण छ। यो निर्वाचन कसले जित्छ, त्यसले पछिल्ला निर्वाचनहरुमा असर, प्रभाव पर्ने स्थिति बन्छ।’ 

राजनीतिक अर्थसँग जोडिएको अहिलेको निर्वाचनमा अहंकारीप्रवृत्ति, अलोकतान्त्रिक प्रवृत्ति र जनताको अधिकार खोसेर एकाधीकार जमाउने नियतलाई अन्त्य गरिनुपर्नेमा उनको जोड थियो।       



स्थानीय तह निर्वाचनले मुख्यतया जनतालाई स्थानीय स्तरमा सेवा दिने, विकासका पूर्वाधार निर्माण गर्ने, स्थानीय आवश्यकता पूरा गर्ने काम गर्ने भए पनि आशन्न  निर्वाचन यतिमात्रै विषयमा सीमित नभएको बताए। 

‘अहिलेको निर्वाचन राजनीतिक विषयहरुसँग पनि जोडिएको छ। हामीले केपी ओलीको शासनकाललाई बिर्सिएका छैनौँ,’ पौडेलले भने, ‘हिजो सूचना प्रविधि विधेयक जसरी आयो, हिजो मानवअधिकार विधेयक जसरी आयो, हिजो गुठी विधेयक जसरी आयो अथवा प्रेस काउन्सिल विधेयक जसरी आयो त्यसले प्रष्ट संकेत के गर्छ भने केपी ओलीले दुईतिहाइ विकास निर्माण गर्न होइन। देशलाई समृद्ध गर्न होइन, नेपालको संविधानलाई कमजोर बनाउनका प्रयोग गर्नुभयो।’



  • प्रकाशित मिति : वैशाख २४, २०७९ शनिबार १२:३२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया