एकदिवसीय सिरिज: नेपालले जिम्बाब्वे 'ए'लाई ९ विकेटले हरायो

जिम्बाब्वे 'ए' विरुद्धको एकदिवसयीय सिरिजअन्तर्गत दोस्रो खेलमा घरेलु टाेली नेपालले जित हात पारेकाे छ ।

नेपालले आज सम्पन्न खेलमा नाै विकेटकाे शानदार जित हात पारेकाे हाे । नेपालकाे याे जितसँगै तीन खेलकाे सिरिज १-१ काे बराबरीमा पुगेकाे छ ।

८८ रनकाे लक्ष्य नेपालले ११.२ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्याे ।

नेपालका लागि सुनिल धमलाले सर्वाधिक ३८ रन जाेडे । ३८ बलकाे सामना गरेका उनले ६ चाैका प्रहार गरे।

आसिफ शेख ३१ बलमा ६ चाैकासहित ३४ र विनाेद भण्डारी तीन बलमा एक चाैकासहित चार रनमा अविजित रहे ।

पहिलाे विकेटका लागि शेख र धमलाले ७९ रनकाे साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए ।



जिम्बाब्वेका लागि एक मात्र विकेट ब्रेन्डन माभुताले लिए ।

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे जिम्बाब्वे ए ले ३१.५ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन बनाएकाे थियाे ।



जिम्बाब्वेकाे लागि जाेनाथन क्याम्पबेलले सर्वाधिक २७ रनकाे याेगदान दिए । ४२ बलकाे सामना गरेका उनले तीन चाैका र एक छक्का प्रहार गरे ।

ब्राड इभन्सले अविजित २० र केफस जुवाओले १० रन बनाउँदा अन्य ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् ।

जिम्बाब्वेलाई सस्तैमा समेट्ने क्रममा नेपालका सोमपाल कामी र करण केसीले तीन/तीन, कप्तान सन्दीप लामिछानेले दुई तथा सागर ढकालले एक विकेट हात पार्दा एक विकेट रन आउटका रूपमा प्राप्त भयाे ।

पहिलाे खेलमा जिम्बाब्वे तीन विकेटले विजयी भएकाे थियाे । तेस्रो तथा अन्तिम खेल साेमबार हुनेछ ।

  • प्रकाशित मिति : वैशाख २४, २०७९ शनिबार १३:४७:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया