चुनावी सभालाई सम्बोधन गर्न कांग्रेस उपसभापति खड्का पुगे वीरेन्द्रनगर

नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले सोमबार वीरेन्द्रनगरको चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् । स्थानीय निर्वाचनको पुर्वसध्यामा सुर्खेत आइपुगेका नेता खड्काले जिल्लाभर पाँच स्थानमा कांग्रेको चुनावी सभालाई सम्बोधन गर्ने जनाइएको छ ।

आइतबार बिन सुर्खेत आइपुगेका नेता खड्कालाई नेता कार्यकर्ताले स्वागत गरेका थिए । नेता खड्काको गृह जिल्ला पनि सुर्खेत नै हो ।

आइतबार नै नेता खड्काले सुर्खेतको लेकबेसी नगरपालिकाको कल्यान र भेरीगंगा नगरपालिकाको छिन्चुमा आयोजित कांग्रेको चुनावी सभालाई सम्बोधन गरेका छन् ।
 
यसैगरी, सोमबार विहान ८ बजे वीरेन्द्रनगर नगरपालिकाको पिपलचौतारामा आयोजित चुनावी सभालाई सम्बोधन गर्नेछन् । 

मंगलबार बिहान ८ बजे सिम्ता गाउँपालिकाको गोजीबजार र दिउँसो १२ बजे गुर्भाकोट नगपालिकाको मेहेलकुनामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस सुर्खेतले जनाएको छ ।





  • प्रकाशित मिति : वैशाख २५, २०७९ आइतबार १७:५४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया