logo-img

बुन्डेस लिगामा स्टुटगार्टसँग बराबरीमा राेकियाे बायर्न

जमर्न बुन्डेस लिगाअन्तर्गत गएरातिकाे खेलमा लिग विजेता बायर्न म्युनिखले बराबरी खेलेको छ । घरेलु टाेली बायर्नले स्टुटगार्टसँग २-२ को बराबरी खेलेकाे हाे ।

एलियन्ज एरिनामा खेलकाे आठाैं मिनेटमा थियागाे टाेमसले गाेल गर्दै स्टुटगार्टलाई सुरुवाती अग्रता दिलाएका थिए । ३५ औं मिनेटमा सर्ज जिनाब्रीले बायर्नलाई १-१ काे बराबरीमा ल्याए । 

४४ औं मिनेटमा थाेमस मुलरले गाेल गरेपछि घरेलु टाेली २-१ ले अघि बढ्याे । ५२ औं मिनेटमा स्टुटगार्टका सासा कलाज्डजिकले गाेल गरेपछि खेल २-२ को बराबरीमा सकियाे ।  



थप गरिएकाे समयमा किंग्सले काेम्यानले  राताे कार्ड बेहाेर्दै मैदान छाडेपछि बायर्न १० खेलाडीमा समेटिएकाे थियाे । याे बराबरीसँगै शीर्ष स्थानकाे बायर्नले ३३ खेलमा ७६ अंक जाेड्दा स्टुटगार्ट समान खेलबाट ३० अंकका साथ १६ औं स्थानमा छ ।





  • प्रकाशित मिति : वैशाख २६, २०७९ साेमबार ८:१०:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया