गृहजिल्ला पुगेर देउवाको आश्वासन : डडेल्धुरालाई प्रदेश राजधानी बनाउन सकिन्छ, अब संरचना निर्माण गर्छौँ

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले डडेल्धुरालाई प्रदेश राजधानी बनाउन सकिने बताएका छन् । आज गृहजिल्लामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  

‘डडेल्धुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ, पहिला डडेल्धुरामा र डोटीमा संरचनाहरू थिएनन् । त्यसकारण राजधानी बनाउन सकिएन,’ देउवाले भने, ‘अब संरचनाहरू निर्माण गर्छौँ, त्यसपछि प्रदेश राजधानी पनि सार्न सकिन्छ ।’ 

उनले डडेल्धुरामा विमानस्थल र सिटी हल निर्माण गर्ने पनि आश्वासन दिए । साथै, देउवाले अमरगढी नगरपालिका जिल्लाकै विशेष ठाउँ भएको उल्लेख गर्दै यसपालि यहाँ कांग्रेसका उम्मेदवारलाई जिताउन पनि आग्रह गरे । 

‘हाम्रो मेयरको उम्मेदवार हुनुहुन्छ जोशी जी । करुवा, सरुवा केही छैन । अब हरुवा र सरुवाहरूलाई होइन, रुखमा भोट हाल्नुहोला,’ उनले भने ।  





  • प्रकाशित मिति : वैशाख २७, २०७९ मंगलबार १५:३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया