logo-img

चीन जाने महिला भलिबलको प्रारम्भिक टोली घोषणा

चीनको हानझाओमा आयोजना हुने १९औँ एसियाली खेलकुदका लागि नेपाल भलिबल संघले मंगलबार पहिलो चरणमा ३५ महिला खेलाडीको छनोट गरेको छ ।

संघका महासचिव जितेन्द्रबहादुर चन्दको संयोजकत्वमा गठित छनोट समितिले छैटौँ आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगबाट ३५ खेलाडी छनोट गरेको हो ।

पहिला चरणमा छनोट हुन सफल खेलाडीमा प्रतिभा माली, शान्ति थारु, उषा भण्डारी, निरुता ठगुन्ना, सफिया पुन, सुनिता खड्का, संगम महतो, कविता भट्ट, मनीषा चौधरी, सलिना श्रेष्ठ, अरुणा शाही, जानकी भण्डारी, प्रगती नाथ, सरस्वती जैशी, कामना विष्ट, लक्ष्मी चन्द, पुनम चन्द र शान्तिकला तामाङ रहेका छन् ।

त्यस्तै निशा चौधरी, पूजा थारु, कृपा अधिकारी, आरती सुवेदी, भावना डाँगी, सृष्टि खड्गी, कमला पुन, सरस्वती कट्टेल, रिमा कुँवर, बालमिका आचार्य, भुवनेश्वरी चन्द, एन्जिला प्रधान, सलिना बुढामगर, रेश्मा भण्डारी, हिरा केसी, उषा विष्ट र मनीषा खाँण अटाएका छन् ।

महासचिव चन्दको संयोजकत्वमा हिमाल दाहाल उपनिर्देशक, तालिम तथा प्रशिक्षण विभाग), प्रज्वल बहादुर सिंह (मुख्य प्रशिक्षक), जगदीश भट्ट (प्रशिक्षक) र भरत यादव (प्रशिक्षक)सहितको छनोट समितिले पहिलो चरणका लागि खेलाडी छनोट गरेको हो ।

तर, एसियन गेम्स स्थगित भइसकेको छ  । कोरोना भाइरसको महामारीको कारण एसियन गेम्स स्थगित गरिएको हो । यसअघि एसियन गेम्स भदौ २५ देखि असोज ९ गतेसम्म हुने तालिका रहेको थियो । नेपालले एसियन गेम्समा २३ खेलमा प्रतिस्पर्धा गर्ने निर्णय गरिसकेको थियो ।  





  • प्रकाशित मिति : वैशाख २७, २०७९ मंगलबार १८:३६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया