logo-img

मोरङको कानेपोखरीमा एमालेले मतान्तर बढायो

मोरङको कानेपोखरी गाउँपालिकामा नेकपा (एमाले) ले अग्रता बढाउँदै लगेको छ ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेले मतान्तर बढाउँदै लगेको हो । पछिल्लो अपडेटअनुसार २ हजार ४०० मतगणना हुँदा गाउँपालिकाको अध्यक्षमा एमालेकी राजमती इङ्नामले ९६७ मत प्राप्त गरेकी छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सञ्जय भट्टराईले ६०७ मत प्राप्त गरेका छन् । त्यस्तै, माओवादी केन्द्रका सूर्य धिमालले ४३२ मत प्राप्त गरेका छन् । 



उपाध्यक्षमा पनि एमालेकै भोला अधिकारी १०२४ मतसहित शीर्ष स्थानमा छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसकी मनकुमारी गुरुङले ७४८ मत प्राप्त गर्दा माओवादीका तारा ओझाले ६६८ मत ल्याएकी छिन् । 

गाउँपालिकाको वडा नम्बर १ मा १ हजार ३०० मत गणना गर्दा एमालेका वडाध्यक्ष उम्मेदवारले ६६५ र कांग्रेस उम्मेदवारले ५०२ मत ल्याएका छन् । 
 





  • प्रकाशित मिति : वैशाख ३१, २०७९ शनिबार ९:१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया