बझाङको छसिबपाथिभेरा–७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजय धामी विजयी

बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजय धामी विजयी भएका छन् । उनी ३८७ मतका साथ वडाध्यक्षमा विजयी भएका हुन् ।

धामीका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसका मीनबहादुर मण्डेलले २५४ मत प्राप्त गरे । त्यस्तै, नेकपा एमालेका शिशिर धामीले २४२ मत पाए । 

नवनिर्वाचित वडाध्यक्ष धामी माओवादी केन्द्रबाट टिकट नपाएपछि स्वतन्त्रबाट उठेका थिए । गुलाफ चिन्हका साथ चुनाव लडेका उनी पहिलोपटक वडाध्यक्षमा निर्वाचित भएका हुन् । 

अघिल्लो निर्वाचनमा वडा नम्बर ७ मा माओवादी केन्द्रका मदम मण्डेल विजयी भएका थिए । त्यस्तै, वडा नम्बर ७ मा महिला सदस्यमा हर्कादेवी धामी, खुला सदस्यमा अञ्जना बोहरा (३४५) र बसन्तबहादुर धामी (४७१) विजयी भएका छन् । 

यो वडामा कुल ९०७ मत खसेको थियो । गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि गठबन्धनकै उम्मेदवारको अग्रता छ । 
 





  • प्रकाशित मिति : जेठ २, २०७९ साेमबार ७:५४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया