सिन्धुपाल्चोकको इन्द्रावतीको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी

सिन्धुपाल्चोक जिल्लाको इन्द्रवाती गाउँपालिकामा अध्यक्ष तथा उपाध्यक्ष दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । 

अध्यक्षमा एमालेका उम्मेदवार झम्कनाथ नेपाल ७१२७ मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विकास लामाले ६१५२ मत प्राप्त गरे । 

उपाध्यक्षमा एमालेकै शोभाना तामाङ ६५१३ प्राप्त गर्दै विजयी हुँदा उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी दयाकुमारी मिश्रले ६४६३ मत प्राप्त गरिन् ।

०७४ को निर्वाचमा नेपाली कांग्रेसले दुवै पदमा जित हात पारेको थियो । कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका वंशलाल तामाङ अध्यक्ष र मीरा लामा उपाध्यक्षमा विजयी भएका थिए । 

गाउँपालिकाका १२ मध्ये एमाले र कांग्रेसबाट समान ५/५ वडाध्यक्ष विजयी हुँदा नेकपा माओवादी केन्द्रका दुई उम्मेदवारले वडाअध्यक्षमा जित हात पारे । 

यस्तो छ वडागत नतिजा



वडा नम्बर १

वडा नम्बर १ मा एमालेका उम्मेदवार चिनलाल तामाङ प्यानलसहित अध्यक्षमा निर्वाचित भएका छन् । 



तामाङले ६९७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका श्री लामाले ५३३ मत प्राप्त गरे । लामा निवर्तमान वडाध्यक्ष हुन् ।

वडा नम्बर २  

यो वडामा कांग्रेसका उम्मेदवार श्यामबहादुर गिरी प्यानलसहित अध्यक्षमा विजयी भएका छन् । गिरीले ५६४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेका रामशरण गिरीले ५२२ मत प्राप्त गरे । 

०७४ को निर्वाचनमा २ नम्बर वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका वीरबहादुर तामाङ विजयी भएका थिए । 

वडा नम्बर ३ 

यो वडामा एमालेका उम्मेदवार भीमसेन थापा प्यानलसहित अध्यक्षमा निर्वाचित भएका छन् । थापाले ४३३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नेत्रबहादुर बानियाँले २४९ मत प्राप्त गरे । 

०७४ को निर्वाचनमा यहाँबाट कांग्रेसका देवप्रसाद बानियाँ वडाध्यक्ष निर्वाचित भएका थिए ।

वडा नम्बर ४ 

वडा नम्बर ४ मा कांग्रेसका उम्मेदवार क्षेत्रबहादुर तामाङ ६५० मतका साथ प्यानलसहित अध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका देवेन्द्रप्रसाद दाहालले ५४२ मत प्राप्त गरे ।

अघिल्लो निर्वाचनमा यहाँ कांग्रेसका जगतमान ताल्चाभडेलले वडाध्यक्षमा जित हात पारेका थिए । 

वडा नम्बर ५

यो वडामा एमालेका उम्मेदवार शशिनाथ आचार्य ९३३ मतका साथ प्यानलसहित विजयी भएका छन् । आचार्यका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अणबहादुर तामाङ (थिङ) ले ६६४ मत प्राप्त गरे । ०७४ को निर्वाचनमा यहाँ कांग्रेसका दुर्गाबहादुर तामाङ वडाध्यक्षमा निर्वाचित भएका थिए । 

वडा नम्बर ६

वडा नम्बर ६ मा एमालेका इन्द्रबहादुर तामाङ ६५१ मतका साथ पुनः अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका देवकुमार कोइरालाले ५६४ मत प्राप्त गरे ।

वडा नम्बर ७

वडा नम्बर ७ को वडाध्यक्षमा माओवादी केन्द्रका रविन्द्रकुमार खाती प्यानलसहित विजयी भएका छन् । 

खातीले ६७६ मतका प्राप्त गर्दा उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका दिल्लीप्रसाद भट्टराईले ५४६ मत प्राप्त गरे । अघिल्लो चिर्वाचनमा यहाँ माओवादीकै वीरवहादुर तामाङ वडाध्यक्षमा निर्वाचित भएका थिए । 

वडा नम्बर ८

यो वडामा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका डिलबहादुर श्रेष्ठ प्यानलसहित वडाध्यक्षमा विजयी भएका छन् ।  

श्रेष्ठले ५१२ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रका रत्नप्रसाद चौलागाईले ४२७ मत प्राप्त गरे । ०७४ मा यहाँ नेपाली कांग्रेसका धनबहादुर श्रेष्ठ वाडाध्यक्षमा विजयी भएका थिए । 

वडा नम्बर ९

वडा नम्बर ९ मा एमालेका उम्मेदवार बाबुराम लामा ६२६ मतका साथ प्यानलसहित पुन: वाध्यक्षमा निर्वाचित भएका छन् । 
उनका निकटम प्रतिद्वन्द्वी कंग्रेसका छत्रबहादुर श्रेष्ठले ४३८ मत प्राप्त गरे ।  

वडा नम्बर १०

यो वडामा कांग्रेसबाट उम्मेदवारी दिएका रामचन्द्र घिमिरेले ६५६ मतका साथ वडाध्यक्षमा जित हात पारेका छन् । 

उनका निकटम प्रतिस्पर्धी एमालेका विनोद थापाले ६२८ मत प्राप्त गरे । ०७४मा यहाँ नेपाली कांग्रेसकै जिवनकुमार थापामगरले वडाध्यक्ष जितेका थिए । 

वडा नम्बर ११

वडा नम्बर ११ मा नेपाली कांग्रेसमा उम्मेदवार रामजी माझि वडाध्यक्षमा निवार्चित भएका छन् । 

माझीले ६१५ मत प्राप्त गर्दा निवर्तमान अध्यक्ष समेत रहेका उनका निकटम प्रतिस्पर्धी एमालेका मने माझीले ५३९ मत प्राप्त गरे । 

वडा नम्बर १२

यो वडामा माओवादी केन्द्रका उम्मेदवार सुरेन्द्रबहादुर दनुवार वडाध्यक्षमा विजयी भएका छन् ।

दनुवारले ६५८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका राजेशरत्न दुवारले ६०५ मत प्राप्त गरे । ०७४ मा यहाँ कांग्रेसका कमलरत्न दनुवार वडाध्यक्षमा निर्वाचित भएका थिए । 

  • प्रकाशित मिति : जेठ ३, २०७९ मंगलबार १५:५८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया