वडा नम्बर २८: ५ सय मत गनियाे, बालेनभन्दा स्थापित ८ मतले अगाडि

काठमाडौँ महानगरपालिका–२८ मा ५ सय मतगणना हुँदा पनि नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन शाहभन्दा अगाडि नै छन्। 

४ सय गणना गर्दा ४ मतले अगाडि देखिएको स्थापित ५ सय मतपत्रको गणना हुँदा ८ मतले अगाडि छन् ।

याे उनकाे आफ्नै वडा हाे । उनले अहिलेसम्म याे वडाबाट १३६ मत पाएका छन्।  अन्य वडामा अगाडि रहेका शाहले २८ नम्बर वडामा अहिलेसम्म १२८ मत पाएका छन्। यहाँ नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एक सय मत ल्याएकी छन् ।
 





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार १७:५९:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया