उदयपुरको बेलकामा कांग्रेसका कार्की र एमालेकी राई निर्वाचित

उदयपुरको बेलका नगरपालिकामा नेपाली कांग्रेसका अशोक कार्की प्रमुख र उपप्रमुख नेकपा एमालेकी जिरा राई निर्वाचित भएका छन् । बुधबार सम्पन्न मत गणनामा नगर प्रमुखमा कांग्रेसका अशोक कार्की निर्वाचित भएका छन् । 

उपप्रमुख एमालेकी जिरा राई निर्वाचित भएकी हुन् । कार्कीले एमालेका दुर्गकुमार थापालाई ३ हजार १ सय ४० को मतान्तरले पराजित गरेका हुन् । नगर प्रमुखमा निर्वाचित कार्कीले १० हजार १ सय २० मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी थापाले ६ हजार ८ सय ५ मत मात्र पाए ।

थापा बेलका नगरपालिकाका निवर्तमान नगर प्रमुख हुन् । उनी ०७४ सालको स्थानीय तह निर्वाचनमा अहिले निर्वाचित कार्कीलाई ५ सय ५२ मतले पछाडि पादै विजयी भएका थिए । अहिले उनै थापालाई कांग्रेसका कार्कीलाई ३ हजार १ सय ४० मतले हराउँदै नगर प्रमुख निर्वाचित भएका छन् ।

उपप्रमुखमा निर्वाचित एमालेकी राईले ८ हजार २ सय ७६ मत पाइन । उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धन दलबाट माओवादी केन्द्रका मनोज तामाङले ७ हजार ४ सय ९५ मत प्राप्त गरेका छन् ।

०७४ सालको स्थानीय तह निर्वाचन बेलकामा एमालेका थापाले बहुमत सदस्य सहित विजय हासिल गरेको थियो । बेलकाको वडाहरूमा क्रमशः १ मा नेपाली कांग्रेसका दिनेश्वरप्रसाद चौधरी, २ मा नेकपा एमालेका प्रेमबहादुर दाहाल, ३ मा नेपाली कांग्रेसका टंकप्रसाद आचार्य, ४ मा नेपाली कांग्रेसका तीर्थराज अधिकारी, ५ मा नेकपा एमालेका दीपकरण रेग्मी, ६ मा नेकपा एमालेका वसन्तकुमार मगर, ७ मा नेकपा माओवादी केन्द्रका निकेश राई, ८ मा नेकपा माओवादी केन्द्रका जयकुमार राई र ९ मा नेपाली कांग्रेसका पदमबहादुर खड्का विजयी भएको निर्वाचन अधिकृत जनकराज पन्तले बताए । 

बेलका नगर प्रमुखमा जितेको कार्कीले ०७४ मा आफैँलाई हराएका एमालेका थापालाई पराजित गरेका हुन् ।





  • प्रकाशित मिति : जेठ ४, २०७९ बुधबार २१:५९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया