कम्युनिष्टको किल्लामा अग्रता बढाउँदै हर्कबहादुर, पछ्याउँदै गठबन्धन

कम्युनिष्टको गढका रूपमा चिनिँदै आएको सुनसरीको धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् । काठमाडौंमा लौरो चुनाव चिन्ह लिएका स्वतन्त्र उम्मेदवार बालेन साहले एमाले र गठबन्धनका उम्मेदवारलाई धक्का दिइरहेका बेला धरानमा पनि ‘लौरो’ चिन्ह लिएर मैदानमा उत्रिएका हर्कराज राईले अग्रता बढाउँदै लगेका हुन् ।

केही बेरअघि सार्बजनिक मतपरिणाम अनुसार राईसँग कांग्रेसका उम्मेदवार किशोर राईभन्दा १४७ मत र नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारी (सुवेदी) भन्दा १ हजार ७८९ मतले अगाडि छन् ।

हर्कराजले ८ हजार ६१६ मत प्राप्त गर्दा गठबन्धनका साझा उम्मेदवार कांग्रेसका किशोरले ८ हजार ४३७ मत प्राप्त गरेका छन् । त्यस्तै, एमालेकी भण्डारीले ६ हजार ८२७ मत ल्याएकी छन् ।

धरानमा ९९ हजार २८१ मतदाता रहेकोमा ६२ हजार ८९८ मत खसेको थियो ।
 





  • प्रकाशित मिति : जेठ ५, २०७९ बिहीबार १२:२७:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया