लोसपाले जित्यो महोत्तरीको औरही नगरपालिकाको मेयर र उपमेयर

महोत्तरीको औरही नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मेयर र उपमेयर निर्वाचित भएका छन् ।

मेयरमा लोसपाका प्रदीपकुमार खड्का ६ हजार ६७ मत ल्याएर निर्वाचित भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिल कुमार यादवले ५ हजार ७४७ मत पाएका छन् ।

त्यस्तै, नेकपा एमालेका सरोज कुमार रायले ४५१ मत मात्र पाएका छन् ।
यस्तै उपमेयरमा लोसपाकै रेणु झा निर्वाचित भएकी छन् । 

उनले ५ हजार ८०८ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रेखा यादवले  ५ हजार ६०५ मत ल्याएकी हुन् ।

त्यस्तै, नेकपा एमालेकी राधा कुमारी खतिवडाले ५२३ मत मात्र पाउन सकेकी छन् । 



औरही नगरपालिकाको ९ मध्ये ५ वडामा लोसपा र ४ वडामा कांग्रेसका उम्मेदवारहरु जितेका छन् ।



  • प्रकाशित मिति : जेठ ६, २०७९ शुक्रबार १७:४३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया