‘सी’ डिभिजन लिग : झापालाई तीन अंकको अग्रता, वीरगन्ज र ओसिस दबाबमा

सहिद स्मारक ‘सी’ डिभिजन लिगको १०औं चरणका खेल समाप्त भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्ने तल्लो डिभिजनको लिगको अब तीन चरणका खेल बाँकी रहेका छन् । 

तीन खेल बाँकी रहँदा झापा फुटबल क्लब २५ अंकसहित शीर्षस्थानमा छ । झापाले तीन अंकको अग्रता बनाएको छ । 

यस्तै, प्लानिङ ब्वाइज युनाइटेड र आरसी ३२ फुटबल एकेडेमी समान २२ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । 

जारी लिगबाट शीर्ष दुई टिम बी डिभिजन लिगमा बढुवा हुनेछन् । यस्तै, पुछारका दुई टिम सी डिभिजन छनोटमा घटुवा हुनेछन् । 

यस्तै, महावीर क्लब १८ अंकसहित चौथो, १६ अंकको सानेपा पाँचौँ स्थानमा छन् । समान १४ अंकका पुल्चोक स्पोर्टस् क्लब र समाज कल्याण खेलकुद केन्द्र क्रमशः छैटौँ र साँतौँ स्थानमा छन् । 

खालीवाली युथ एफसी र मनोहरा युनाइटेड क्लब १३ अंकसहित आठौँ र नवौँ स्थानमा छ । यस्तै, रानीवारी स्पोर्टस् साँगा नौ अंकसहित १२औँ स्थानमा छ । 



यता, चार अंकसहित ओसिस क्लब र वीरगन्ज युथ एकेडेमी क्रमशः १३औँ र १४औँ स्थानमा छन् । दुवै टोली रेलिगेसनको सँघारमा छन् ।



  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार १९:१३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया