सरकारको नीति तथा कार्यक्रम सन्तुलित देखिन्छ : शेखर गोल्छा
फाइल तस्वीर

उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छाले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम सन्तुलित रहेको बताएका छन् । मंगलबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षको नीति तथा कार्यक्रममा प्रस्तुत गरेकी थिइन् ।

प्रस्तुत नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई दिएका सुझाव बजेटमा समावेश हुने संकेत गरेको उनले उल्लेख गरेका छन् । पूर्वाधार र कृषिलाई दिइएको प्राथमिकताले पनि उद्यमशीलता र उद्योग क्षेत्र विस्तारका लागि सहज हुने उनको भनाइ छ ।

'सरकारको नीति तथा कार्यक्रम सन्तुलित देखिन्छ । निजी क्षेत्रलाई दिएका सुझाव बजेटमा समावेश हुने संकेत यसपटकको नीति तथा कार्यक्रमले गरेको छ । निजी क्षेत्रको महत्वलाई बढावा दिइएको छ । पूर्वाधार र कृषिलाई दिइएको प्राथमिकताले पनि उद्यमशीलता र उद्योग क्षेत्र विस्तारका लागि सहज हुनेछ' उनले भने ।





  • प्रकाशित मिति : जेठ १०, २०७९ मंगलबार १९:३८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया