logo-img

मेक्सिकोमा बन्दुकधारीको हमला, सात महिलासहित १० जनाको मृत्यु

बन्दुकधारीहरूले मेक्सिकोको मध्य शहर सेलायामा एउटा होटल र दुईवटा बारमा आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ । आक्रमणमा एक आपराधिक समूह संलग्न रहेको अधिकारीहरूले बताएका छन् । 

आक्रमणमा दुईजना घाइते भएका छन् । गुआनाजुआटो राज्यको सेलायास्थित सुरक्षा सचिवालयका अनुसार मारिनेमा सातजना महिला छन् । 

आक्रमणपछि बन्दूकधारीहरूले आगो लगाइदिएका थिए । शवहरू टेबल र कुर्चीमा छरिएको अवस्थामा फेला परेका छन् । आक्रमणको उद्देश्य प्रष्ट हुन सकेको छैन । 

मेक्सिकोमा आपराधिक समूहले बारम्बार सर्वसाधारणलाई निशाना बनाउने गरेका छन् । मेक्सिकोमा लागुऔषध, तस्करीका कारण आपराधिक गतिविधि निरन्तर बढिरहेका छन् ।  





  • प्रकाशित मिति : जेठ ११, २०७९ बुधबार ६:४३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया