logo-img

गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै धनगढीका मेयरसहित मुख्यमन्त्री र प्रधानमन्त्रीलाई ज्ञापनपत्र

कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै ‘गेटा मेडिकल सञ्चालनार्थ संघर्ष समिति अत्तरियाले’ प्रधानमन्त्रीसहित मुख्यमन्त्री र धनगढीका मेयरलाई ज्ञापनपत्र बुझाएका छन् ।
 
बिहीबार संघर्ष समिति अत्तरियाले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट, धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालसहित प्रधानमत्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको हो । गेटा मेडिकल सञ्चालनार्थ संघर्ष समिति अत्तरियाले कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएका छन् । 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट र धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमाललाई उनीहरुको कार्यालयमा पुगेर ज्ञपान पत्र बुझाइएको संघर्ष समितिका संयोजक लोकराज पाण्डे ‘आगो’ले जानकारी दिए । यस्तै, जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र बुझाइएको जनाइएको छ ।

ज्ञापनपत्रमा तत्काल मेडिकल कलेज सञ्चालनमा ल्याउनुपर्ने, मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा अगाडि बढाउनुपर्ने, मेडिकल कलेज सञ्चालनका लागि आगामी आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरिनुपर्नेलगायत माग राखिएका छन् ।







  • प्रकाशित मिति : जेठ १२, २०७९ बिहीबार १७:५९:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया